१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ४ आइतबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ४ आइतबार o५:५९:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रविलाई पक्राउ गर्न राज्यको हतारो, बोलाइएका थिए बिदामा बस्न खोजेका न्यायाधीश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ४ आइतबार o५:५९:oo

घटस्थापनाको दिनदेखि नै बन्द रहेको कास्की जिल्ला अदालत शुक्रबार मात्रै खुलेको थियो । सात न्यायाधीश कार्यरत उक्त अदालतमा शुक्रबार कोही पनि उपस्थित थिएनन् । तर, न्यायाधीश कृष्णजंग शाहलाई अपराह्नतिर हतार–हतार अदालत बोलाइयो । कार्यालय समय सकिन करिब आधा घन्टा बाँकी रहँदा साढे २ बजेतिर अदालत पुगेर उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिए । 

स्रोतका अनुसार शुक्रबार ६ न्यायाधीश बिदामै थिए । शाह पनि बिदामा बस्न खोजेका थिए । तर, लामिछानेलाई शुक्रबारै पक्राउ गर्ने सरकारको योजनाअनुसार नै उनलाई हतारमा बोलाएर पक्राउ अनुमति लिइएको थियो । दसैँ बिदामा घरमा रहेका उनलाई जसरी पनि शुक्रबार हाजिर हुन माथिल्लो तहबाट खबर पठाइएको स्रोत बताउँछ । त्यसपछि नेपालगन्ज विमानस्थल हुँदै उनी पोखरा पुगेका थिए।

लामिछानेलाई पक्राउ पुर्जी अनुमतिका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसहितको टोली अदालत गएका थिए । उनीहरू अदालत पुग्दा अदालतमा कोही पनि न्यायाधीश थिएनन् । लामिछानेकै मुद्दामा धेरै न्यायाधीश पन्छिन खोेजेर पनि बिदामा बसेको जिल्ला अदालतका एक कर्मचारी बताउँछन् ।

न्यायाधीश शाह साढे २ बजे कार्यालय पुगेपछि कास्कीका एसपी श्यामबाबु ओलिया र डिएसपी वसन्त शर्माले पक्राउ पुर्जी लिएका थिए । प्रहरीले अपराह्न करिब ४ बजे मात्रै पक्राउ अनुमति पाएको थियो । न्यायाधीश शाह गत १५ साउनमा अर्घाखाँचीबाट कास्की सरुवा भएका थिए । उनी कांग्रेसनिकट मानिन्छन् ।