Skip This
प्रजातन्त्र सेनानी संघ दोलखाको अध्यक्षमा मानन्धर 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
२o८१ कार्तिक १० शनिबार १७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रजातन्त्र सेनानी संघ दोलखाको अध्यक्षमा मानन्धर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १७:o५:oo

नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ  दोलखाको अध्यक्षमा प्रदिप नारायण मानन्धर चयन भएका छन् । संघको चरिकोटमा शनिबार  सम्पन्न  दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा मानन्धरसहित सिंगो कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।

संघको उपाध्यक्षमा नवराज न्यौपाने सचिव गणेश कुमार श्रेष्ठ सह सचिव तुंगराज आचार्य,सदस्यहरु रतिराम शिवाकोटी,कृष्ण शिवाकोटी,डम्बर बहादुर तामाङ,कोमल बहादुर कार्कि,शरण कुमार प्रधान चयन भएको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिए ।

संघको महाधिवेशन प्रतिनिधिहरुमा उदवराज काफ्ले,कृष्ण प्रसाद शिवाकोटी र शान्तकृष्ण श्रेष्ठ चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि एवं प्रजातान्त्रिक शेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले प्रजातान्त्रिक शेनानीहरुले नेपाली कांग्रेसको इतिहास बोकेको पार्टी संगठनको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताएका छन् ।

उनले तल्लो तहसम्म संगठन निर्माण र जनताको न्युनतम आवश्यकतालाई समाधान गर्न पार्टीका सबै अंगहरु सकृय हुनुपर्नेमा  जोड दिएका थिए । अधिवेशनमा केन्द्रीय प्रतिनिधि विश्वनाथ कोइराला, बागमती प्रदेश अध्यक्ष गोपाल गिरी, नेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामा,पुर्व पार्टी सभापति रुद्र खड्का लगायत नेताहरूको सहभागीता थियो ।