Skip This
आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ : शेखर कोइराला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ कार्तिक १० शनिबार १७:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ : शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १७:o४:oo

कांग्रेस नेता डा. शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताएका छन्।

कांग्रेस काठमाडौं महानगरपालिका– ३२ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम रहेको बताए। निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न आजैदेखि तयारी गर्नुपर्नेमा उनले जोड दिए ।

उनले एमाले र नेपाली कांग्रेसबिच भएको सहमतिअनुसार नै सरकार सञ्चालन हुने बताउँदै राजनीतिक स्थायित्वका निम्ति दुईदलीय सरकार बनेको स्पष्ट पारे।

यसैगरी, कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई एकताबद्ध नबनाएसम्म एक्लै निर्वाचनमा स्पर्धा गर्न कठिन हुने बताए। विगतका निर्वाचनबाट पार्टीले पाठक सिक्नुपर्नेमा बस्नेतको जोड थियो।