Skip This
नासाको ‘स्पेस एक्स क्रु–८’ सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर पृथ्वीमा फर्कियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
सिन्ह्वा लस एन्जलस
२o८१ कार्तिक १० शनिबार १८:o६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नासाको ‘स्पेस एक्स क्रु–८’ सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर पृथ्वीमा फर्कियो

Read Time : < 1 मिनेट
सिन्ह्वा लस एन्जलस
नयाँ पत्रिका लस एन्जलस
२o८१ कार्तिक १० शनिबार १८:o६:oo

अमेरिकी नेसनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को स्पेस एक्स क्रु–८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन्।

चालक दल बोकेको स्पेसएक्स ड्रयागन अन्तरिक्ष यान शुक्रबार अमेरिकी समयअनुसार बिहान ३:२९ मा अमेरिकी राज्य फ्लोरिडाको पेन्साकोला तटमा अवतरण गरेको हो।

चारसदस्यीय चालक दलमा नासाका अन्तरिक्ष यात्री म्याथ्यू डोमिनिक, माइकल ब्यारेट, जेनेट एप्सका साथै रोस्कोसमस अन्तरिक्ष यात्री अलेक्ज्यान्डर ग्रेबेन्किन रहेका छन्। यो मिसन नासाको स्पेस एक्ससँग आइएसएसमा आठौँ व्यावसायिक ‘क्रु रोटेसन मिसन’ हो।