Skip This
पोखरामा रगत अभाव, रक्तदानका लागि आह्वान          
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
२o८१ कार्तिक १० शनिबार १९:२८:oo
Read Time : < 1 मिनेट
समाचार

पोखरामा रगत अभाव, रक्तदानका लागि आह्वान          

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १९:२८:oo

दसैँसहितका चाडबाडका कारण तालिकाअनुसार रक्तदान कार्यक्रम हुन नसक्दा पोखरामा रगत अभाव भएको छ। यसैबिच डेंगुका बिरामी पनि बढेकाले रक्तदाताहरूलाई रक्तदान गर्न आग्रह गरिएको छ। 

रगत अभावले अस्पतालमा उपचाररत बिरामीलाई नै असर गर्ने अवस्था आएपछि रक्त सञ्चार केन्द्रले सार्वजनिक रूपमा रक्तदानका लागि आह्वान गरेको छ। प्रादेशिक रक्त सञ्चार केन्द्र पोखरामा दसैँका कारण नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा अभाव भएको केन्द्रका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए। पोखरामा अहिले दैनिक ८० देखि ९० पिन्ट रगत आवश्यक पर्ने ज्ञवालीले जानकारी दिए। डेंगुका बिरामी बढेसँगै रगतको माग बढ्दै गएको उनले बताए। 

केन्द्रको आह्वानमा शनिबारनै एभरेस्ट एफएम पोखराले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा दुई सय ५१ पिन्ट रगत संकलन भएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए। कार्यक्रममा दुई सय तीन पुरुष र ४८ जना महिलाले रक्तदान गरेका थिए।