मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बिबिसी
२०७९ माघ ३ मंगलबार १०:२९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिका–चीन चिप युद्ध : बाधक बन्दै वासिङ्टन नीति

वासिङ्टन नीतिले अमेरिकी नागरिक र ग्रिनकार्डहोल्डरलाई पनि चिनियाँ चिप कम्पनीमा काम गर्न रोक्छ

Read Time : > 2 मिनेट
बिबिसी
२०७९ माघ ३ मंगलबार १०:२९:००

सेमिकन्डक्टर उद्योगमा अमेरिकाले स्मार्टफोनदेखि युद्धका हतियारसम्म चिनियाँ प्रगतिलाई रोक्न आफ्नो प्रयास तीव्र पारेको छ । गत वर्षको अक्टोबरमा अमेरिकाले अहिलेसम्मकै व्यापक निर्यात नियन्त्रण गर्ने घोषणा गर्‍यो । चीनमा चिप निर्यात गर्नुपरेको खण्डमा कम्पनीले अनिवार्य रूपमा अमेरिकी टुल्स वा सफ्टवेयर प्रयोग गरेको हुनुपर्ने र ती विश्वमा जुनसुकै ठाउँमा बनेका भए पनि हुने भनियो ।

वासिंटनको यस्तो नीतिले अमेरिकी नागरिक र ग्रिनकार्डहोल्डरलाई पनि चिनियाँ चिप कम्पनीमा काम गर्न रोक्छ । जब कि ग्रिनकार्डहोल्डर भनेका स्थायी रूपमा बासिन्दा हुन् । उनीहरूलाई देशभित्र जहाँ पनि काम गर्ने अधिकार हुन्छ । तर, अमेरिकाको यस्तो घोषणाले चिनका लागि काम गर्ने अमेरिकी प्रतिभालाई किनारा लगाउनेछ । जसले गर्दा तीव्र गतिमा चलिरहेको सेमिकन्डक्टर चिप निर्माणमा बाधा पुग्नेछ । 

किन यसो गर्दै छ अमेरिका ?
विशेष चिप्सहरू पावर सुपर कम्प्युटर, आर्टिफिसियल इन्टेलिजेन्स र मिलिट्री हार्डवेयरका लागि प्रयोग हुन्छ । अमेरिकी वाणिज्य विभागका उपसचिव एलन एस्टेभेजले नियमको घोषणा गर्दै यसो गर्नुको उद्देश्य अमेरिका सैन्य अनुप्रयोगसँैगै संवेदनशील प्रविधिलाई चिनले अधिग्रहण गर्नबाट रोक्न सक्दो प्रयास गरिरहेको छ भन्ने सुनिश्चित गर्नु थियो । 

गत अक्टोबरमा अमेरिकाले अहिलेसम्मकै व्यापक निर्यात नियन्त्रण गर्ने घोषणा गर्‍यो । चीनमा चिप निर्यात गर्नुपरेको खण्डमा कम्पनीले अनिवार्य रूपमा अमेरिकी टुल्स वा सफ्टवेयर प्रयोग गरेको हुनुपर्ने र ती विश्वमा जुनसुकै ठाउँमा बनेका भए पनि हुने भनिएको थियो । 

अमेरिकालाई सधैँ भयको अवस्था सिर्जना भइरहेको छ । त्यसका लागि उसले आफ्नो नीति अद्यावधिक गरिरहेको छ । यसको अर्थ हो, उसले नयाँ चुनौतीलाई सम्बोधन गर्दै छ । अर्कातिर, चीनले यस्तो घोषणालाई ‘प्रविधि आतंकवाद’ भनेको छ । एसियाली देशमा चिप्स उत्पादन गर्ने ताइवान, सिंगापुर र साउथ कोरियाजस्ता देशले अमेरिकाको हालैको घोषणाले वैश्विक आपूर्ति शृंखलालाई कसरी प्रभावित गरेको छ भनी चिन्ता जनाएका छन् । 

सूचीमा चिनियाँ फर्म
जो बाइडेन प्रशासनले अधिक चिप्स निर्माता वाइएमटिसीसहित ३६ वटाभन्दा बढी कम्पनीलाई एकाइ सूचीमा समाविष्ट गरेको छ । यसको अर्थ हो, अमेरिकी कम्पनीले चिप्स बेच्न सरकारको अनुमति लिनुपर्ने हुन्छ, जुन अनुमति पाउन कठिन छ । गत हप्ता युकेस्थित कम्प्युटर चिप डिजाइनर आर्मले विशेष डिजाइनमा बनेका चिप चीनलाई बिक्री नगर्ने घोषणा ग¥यो । साथै, उसले अमेरिकी तथा बेलायती नियन्त्रणका कारण अलिबाबालाई समेत नबेच्ने बताएको छ ।

डब्लुटिओसँग चीनको गुनासो 
वल्र्ड ट्रेड अर्गनाइजेसन (डब्लुटिओ)सामु चीनले सेमिकन्डक्टरका साथै प्रविधिजन्य अन्य सामान निर्यात नियन्त्रणको अमेरिकी नीतिविरुद्ध गुनासो दर्ता गरेको छ । जो बाइडेन शासनमा आएपछि बेइजिङले अमेरिकाविरुद्ध ल्याएको यो पहिलो डब्लुटिओ केस भएको बताइएको छ । 

यस्तै, डब्लुटिओ केसमा चीनले अमेरिकाविरुद्ध विज्ञान, प्रविधि, इन्जिनियरिङ र म्यानुफ्याक्चरिङ क्षेत्रमा आफ्नो नेतृत्व बनाइराख्न निर्यात नियन्त्रणको दुरुपयोग गरिरहेको आरोप लगाएको छ । चीनका अनुसार अमेरिकी प्रतिबन्धले वैश्विक औद्योगिक आपूर्ति शृंखलाको स्थिरतालाई खतरा भएकोसमेत केसमा उल्लेख छ । जवाफमा अमेरिकाले देशको सुरक्षा संयन्त्रका लागि व्यापार निकाय सही फोरम नभएको बताएको छ । अमेरिकी वाणिज्य निर्यात प्रशासनका सहायक सचिव थी केन्डलरले राष्ट्रिय सुरक्षा हितका लागि उच्च प्रविधिसम्म पुग्नबाट अस्वीकार गर्न निर्णयक रूपले काम गर्न आवश्यक रहेको बताएका छन् । 

चीनद्वारा दर्ता गरिएको गुनासोमा अमेरिकाले करिब २८ सय चिनियाँ सामान निर्यातमा प्रतिबन्ध लगाएको तर यीमध्ये १८ सय सामान अन्तर्राष्ट्रिय व्यापार नीतिअनुसार अनुमति भएको उल्लेख छ । यता, अमेरिकासँग यो समस्या सल्टाउन एक महिनाभन्दा बढीको समय छ । यदि उल्लिखित समयमा समस्याको निक्र्योल निस्केन भने चीनले यो केस प्यानललाई पुनर्विचार गरिदिन भन्न पाउनेछ ।

यो महिना सुरुवातमा डब्लुटिओले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा स्टिल र आल्मुनियममा अमेरिकाले लगाएको शुल्कले विश्वव्यापी व्यापार नीतिको उल्लंघन गरेको फैसला गरेको थियो । चीनले अमेरिकालाई बेच्ने दुईतिहाइ सामान करको अधीनमा छ । 

जापान र नेदरल्यान्ड्ससँग छलफल
जापान र नेदरल्यान्ड्सले सम्भवतः चीनमाथि निर्यात नियन्त्रण लगाउन सक्छन् । यस्तो नियन्त्रणले चिनियाँ बजारमा जापानिज र डच कम्पनीको उत्पादन बेच्ने क्षमतालाई सीमित गर्नेछ । गत हप्ता ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनका अनुसार अमेरिकाले चिप बनाउने उपकरण आपूति गर्ने दुई मुख्य देशसँग अमेरिकाले झैँ प्रतिबन्ध लगाउनेबारे छलफल भएको छ । 

अमेरिकी प्रतिबन्धले चिप निर्मातालाई मात्रै लक्षित गर्दैन । त्यसले त चिप बनाउन प्रयोग हुने उपकरण उत्पादकलाई पनि प्रभावित तुल्याउनेछ । जापान र नेदरल्यान्ड्समा रहेका केही ठूला कम्पनीले ठूला उपकरण खरिदकर्ता गुमाउनेछन् । 

अब अगाडि के ?
चिप निर्माता कम्पनी पनि नयाँ उत्पादनलाई सहयोग हुने विशेष चिप उत्पादन गर्नुपर्ने दबाबमा छन् । उदाहरणका लागि एप्पलको नयाँ ल्यापटपमा तीन नानोमिटरको ताइवानी सेमिकन्डक्टर उप्पादकको चिप हुनेछ । भलै, चीनले खुला रूपमा सेमिकन्डक्टरको उत्पादनलाई प्राथमिकता दिँदै यस क्षेत्रमा प्रमुख शक्तिशाली बन्ने भन्ने तापनि जानकारहरूका अनुसार अमेरिकाको प्रतिबन्ध नीतिले चीनलाई अन्य देशको तुलनामा पछाडि पार्न सक्छ । अमेरिकाले यसअघि नै चीनको चिप उद्योगलाई संकटको भुमरीमा धकेलिसकेको छ ।