Skip This
तुलसीपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
२o८१ कार्तिक १० शनिबार o७:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तुलसीपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार o७:३४:oo

दाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सल्यानको कोईलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर-३ साततलेमा दुर्घटनामा हुँदा दंगीशरण गाउँपालिका-४ बैबाङ निवासी २२ वर्षीय चालक हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी १९ वर्षीय  सुरेश खड्काको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  । शनिबार बिहान साढे ३ बजेतिर जीप दुर्घटनामा परेको हो ।  

जीप सडकबाट करिब ३०० मिटर तल खसेको छ । जिपमा ५ जना यात्रु सवार थिए । अन्य तीन जना यात्रु पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।