Skip This
नवलपुरमा धारियो हतियार प्रहार गरी हत्या 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
२o८१ कार्तिक १० शनिबार o९:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा धारियो हतियार प्रहार गरी हत्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार o९:१६:oo

नवलपुरमा गएराति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार देवचुली-९ विशालटार निवासी २९ वर्षीय मिलन मानन्धरको हत्या भएको हो । 

मानन्धनरलाई देवचुली-९ निवासी ३० वर्षीय अर्जुन नेपालीले धारिलो हतियार प्रहाार गरी हत्या गरेका हुन् । गएराति नेपालीले मानन्धरलाई धारिलो हतियार प्रहार गरी फरार भएको र उनको खोजतलासको क्रममा राति नै कावासोती-१६ डण्डाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका मानन्धरको उपचारको क्रममा राति भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । हत्याको कारण खुल्न नसकेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।