Skip This
डिजिटल म्यापिङ प्रविधिबाट झापास्थित आयल निगमको जग्गा नापजाँच सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
२o८१ कार्तिक १० शनिबार ११:५७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

डिजिटल म्यापिङ प्रविधिबाट झापास्थित आयल निगमको जग्गा नापजाँच सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार ११:५७:oo

शनिबार बिहानदेखी झापाको मेचीनगर–१३ स्थित आयल निगम लिमिटेडको विवादित २३ बिघा ३ कठा १३ धुर जग्गाको नापी कार्याल, झापाले डिजिटल म्यापिङ प्रविधिको उपयोग गरी नापजाँच थालेको छ ।

नापी अधिकृतहरुका अनुसार टोटल स्टेशन (टिएस) प्रविधिबाट नापजाँच भइहरहेको हो । यो प्रविधिको उपयोगले जग्गाको यकिन नाप आउने र विवाद समाधान हुने नापी अधिकृतहरुको भनाइ छ ।

सात वर्षअघि निगमलाई जग्ग बिक्री गरेका साबिकका धनीहरु छत्रबहादु्र उनको बिहिनी रिता कार्कीले पुनः सोही जग्गा हडप्न आफ्नो हकदाबी गर्दै जिल्ला अदालत, झापाको गत चैतमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै अदालतले विवाद निरुपणका लागि जग्गा पुनः नापजाँच गर्न आदेश दिएको थियो । 

अदालतको आदेशपछि शनिबार बिहानदेखी नापी कार्यालय, मालपोत कार्यालय र प्रहरी प्रसाशनको रोहबरमा जग्गाको नापजाँच भइरहेको निगमको संचालक समिति सदस्य तथा आधिकाकि ट्रेड युनियनका अध्यक्ष विरेन्द्र चन्दले जानकारी दिए। विवाद समाधान हुने गरी नापजाँचको काम सकिने विश्वास लिएको उनले बताए । 

यसअघि ५ र ६ असोजमा पनि अदालतको आदेशपछि जग्गाको नापजाँच भएको थियो । त्यतिखेर हातले फित्ता तानेर नापजाँच गर्दा यकिन नाप नआएपछि अहिले डिजिटल प्रविधि उपयोग गरिएको हो ।

निमगले सो जग्गामा सिलगुढीदेखी ५० किलोमिटर लामो पाइपलाइन बिछ्याएर भण्डारण गृहसमेत बनाउने योजना छ । विवाद छिटो समाधान भए भारतीय सहयोगमा बन्ने पाइपलाइन र भण्डारण गृहको योजना अघि बढाउन सजिलो हुने परियोजना प्रमुख प्रदिप यादवले बताए । 

‘सो जग्गामा भण्डारण गृह र पाइपलाइन बनाउन भारतसँग सम्झौता भइसकेकाले विवाद छिटो समाधान गर्नुपर्ने बाध्यता सबैले बुझिदिन पर्छ’ यादवले भने । सो जग्गामा १८ हजार ९ सय किलोलिटर क्षमताको भण्डारण गृह भारतले बनाइदिने सम्झौता भइसकेको छ ।