Skip This
आश्रमको खर्च चलाउन पाँच रोपनीमा फूल खेती 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ कार्तिक १० शनिबार १३:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आश्रमको खर्च चलाउन पाँच रोपनीमा फूल खेती 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १३:४४:oo

तारकेश्वर– ७ फुटुङस्थित नवजीवन परोपकार समाजका संयोजक दुर्गानाथ दाहाललाई यतिबेला फूल टिप्ने चटारो छ । आश्रमको खर्च चलाउन दुई स्थानमा फूल खेती गरेका उनले यसपटक फूल बेचेर तीन लाखभन्दा बढी आम्दानी गर्ने अनुमान गरेका छन् ।

२० हजार रुपैयाँ खर्चेर सयपत्रीको बिउ खरिद गरेका उनले प्रशस्त नाफा हुने बताए । ‘मैले थोरै पैसा खर्च गरेर बौद्ध र तारकेश्वर– ७ फुटुङमा फुलखेती गरेको छु, यसबाट तीन लाखभन्दा बढी आम्दानी हुने अनुमान छ, फूल मैले सोचे भन्दा धेरै राम्रो छ,’ उनले भने, ‘तिहारमा नेपालकै उपत्पादनबाट बनेको माला लगाउन अनुरोध पनि गर्न चाहन्छु, फूलबाट आएको आम्दानी वृद्धाश्रमका खर्च हुन्छ ।’ उनले रोपेको फूलबाट करिब दुई हजार पाँच सय माला बन्नेछन् । एउटा मालाको सयदेखि दुई सयसम्म पर्नेछ । अलि ठूलो थुंगा भएको मालाको मुल्य मंहगो पर्नेछ भने साना थुंगाको सस्तो पर्नेछ।  

दाहालकै अग्रसरमा खोलिएको तारकेश्वर– ७ फुटुङस्थित नवजीवन परोपकार समाजमा हाल ३० जना वृद्धवृद्धा बस्छन् । त्यहाँ उनले आश्रमको लागि चाहिले तरकारी समेत उत्पादन गर्छन् । आश्रम घरको नजिकै करिब तीन रोपनी क्षेत्रफलमा वृद्धवृद्धाले नै फूल रोपेका थिए भने बौद्धमा दुई रोपनी क्षेत्रफलमा दाहाल आफैँ आएर फुलका विरुवा रोपे । बौद्धको जग्गाको पनि भाडा तिर्न नपर्ने भएपछि आम्दानी राम्रो हुने दाहालको भनाइ छ । उनले साउनमा रोपेको सयपत्री फूल फुलेसँगै बजारमा लैजाने तयारी गरिएको जानकारी दिए ।

उनका अनुसार उक्त फूल बिक्रीबाट भएको आम्दानी वृद्धवृद्धाकै आवश्यकतामा खर्च हुनेछ । ‘हामीले गत वर्षहरुमा पनि फूल रोपेका थियौँ । यो वर्ष पनि पाँच रोपनी हाराहारीमा फूल ढकमक्क फुलेको छ,’ उनले भने । नवजीवन परोपकार समाजमा हाल आफन्तबाट एक्लिएका, बेसहारा र आफन्तविहीन वृद्धवृद्धा बसोबास गर्छन् । आश्रम चलाउनको लागि विभिन्न दाताहरुले सहयोगसमेत गर्छन् भने नपुगेको अवस्थामा दाहालले खर्च व्यवस्थापन गर्छन् । फुल खेतीबाट भएको आम्दानीले आश्रममा आवश्यक पर्ने सामान किन्न सहज हुने दाहालले जानकारी दिए ।