Skip This
उन्नत पदार्थ विज्ञानसम्वन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सम्पन्न 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक १० शनिबार १५:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उन्नत पदार्थ विज्ञानसम्वन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सम्पन्न 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १५:१७:oo

उन्नत पदार्थ विज्ञान सम्वन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ । नेपाल पोलिमर इन्स्टिच्युट त्रिभुवन विश्वविद्यालय, कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेस, दिन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, भारत र आई पि डब्लु जर्मनीको आयोजनामा कात्तिक ६ देखि ८ गतेसम्म बुढानिलकण्ठमा सम्मेलन भएको थियो ।  

दक्षिण एशियाली मुलुकका पदार्थ विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेका पदार्थ वैज्ञानिकहरू र विश्वभरका वैज्ञानिकहरूबीचको वैज्ञानिक सहकार्यलाई स्थापित र सुदृढ गर्नु  सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ । सम्मेलनमा नयाँ र स्मार्ट पदार्थहरु, हरित र दिगो प्रविधिहरू, चक्रिय अर्थतन्त्र, नानो/बायो–आधारित अति सुक्ष्म पदार्थहरू, टिस्यु इन्जिनियरिङ, कम्प्युटेशन प्राविधिकहरूमा छलफल केन्द्रित थियो ।


नेपाल पोलिमोर इन्स्टिच्युटका अध्यक्ष तथा  सम्मेलन आयोजक समितिका संयोजक प्राडा रामेश्वर अधिकारीले नानो/बायो, हरित र दिगो प्रविधिलगायतका पछिल्ला अनुसन्धानका क्षेत्रमा नेपालमा भए गरेका अध्ययन अनुसन्धानलाई विश्व समुदाय समक्ष प्रस्तुत गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरेको बताए । 

वैज्ञानिक सम्मेलनलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ बराल र दिन दयाल विश्वविद्यालय गोरखपुरकी उपकुलपति प्राडा पुनम टण्डनले संयुक्त रूपमा उद्घाटन गरेका थिए । सम्मेलनमा नेपाल लगायत फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जपान, भारत, अमेरिका, चीन, नर्वे लगायतका देशहरूबाट आएका प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, युवा वैज्ञानिकहरू तथा तथा विद्यार्थीहरू सहभागी भएका नेपाल पोलिमर इन्स्टिच्युटका पूर्व अध्यक्ष डा. राजेश पण्डितले बताए ।