Skip This
सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँछ :  प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक १० शनिबार १६:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँछ :  प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १६:५३:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गरेका छन्।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उनले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वोत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरू पूर्ण कटिबद्ध भएको स्पष्ट गरे।

उनले भने, ‘हामी केही गर्दै छौँ। जनतालाई भोकै मर्न दिँदैनौँ। गरिबीबाट तड्पिन दिँदैनौँ। जनतालाई गरिबी र भोकमरीबाट मुक्त गर्न वर्तमान सरकार बनेको हो।’