Skip This
चार दिनदेखि बेपत्ता सुन बहादुर थिङ मृत फेला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
२o८१ कार्तिक १० शनिबार १२:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चार दिनदेखि बेपत्ता सुन बहादुर थिङ मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १२:५९:oo

मकवानपुरमा चार दिनदेखि बेपत्ता भएका एकजना युवक मृत अवस्थामा फेला परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारी अनुसार जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठका ३६ वर्षीय सुन बहादुर थिङ मृत फेला परेका हुन् ।

उनी गत ६ कात्तिकदेखि हराएका थिए । खोजी गर्ने क्रममा शुक्रबार उनको शव फेला परेको हो । प्रहरीका अनुसार थिङको घरदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ रहेको धारागाउँ जंगलमा घोप्टो अवस्थामा स्थानीयले शव फेला पारेका थिए ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले शवको मुचुल्का उठाई पोष्टमार्टमका लागी हेटौँडा अस्पताल पठाएको र घटनाको बारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।