Skip This
कात्तिक २७ देखि दोस्रो मर्स्याङ्दी महोत्सव हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
२o८१ कार्तिक १० शनिबार १२:४१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कात्तिक २७ देखि दोस्रो मर्स्याङ्दी महोत्सव हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १२:४१:oo

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आगामी कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म विभिन्न स्थानमा विभिन्न कार्यक्रमका साथ दोस्रो मर्स्याङ्दी महोत्सव २०८१ आयोजना गर्ने भएको छ । हरिबोधनी एकादशीको अबसर पारेर लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म एकादशी मेलाको साथमा दोस्रो मर्स्याङ्दी महोत्सव २०८१ आयोजना हुने भएको हाे । 

पालिकालाई होमस्टेको हब बनाउने लक्ष्य लिएको मर्स्याङ्दी गाउँपालिकाले महोत्सव अवधिभर पालिकाभित्रका विभिन्न पर्यटकीय गाउँहरुमा होमस्टेको प्याकेज बनाएको छ । गुरुङहरुको आदिम थलोसमेत रहेको सुन्दर घनपोखरा, सिउरुङ, नयाँगाउँ, मिप्रा, छापा, उस्ता, छिनखोला, ढंगै, खानीगाउँ रक गार्डेन, सञ्जापु लगायतका ग्रामीण पर्यटन र होमस्टेहरुको प्रचार प्रसार गरी ती गाउँहरुमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने कार्यक्रम गर्न लागिएको हो ।

अघिल्लो वर्षदेखि खुदीको एकादशी मेलालाई महोत्सवको रुपमा मनाउन थालिएकोमा यस वर्ष पनि निरन्तरता दिन लागिएको हो । मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा हुन लागेको महोत्सव अन्तर्गत कार्तिक २७ र २८ गते हरिबोधनी एकादशीको धार्मिक मेला लाग्ने छ । यस अन्तर्गत मर्स्याङ्दी नदीमा फूलको डोरी तार्ने, सांस्कृतिक कार्यक्रम, वडास्तरीय भलिवल प्रतियोगिता स्वास्थ्य शिविर सञ्चालन गरि राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थन पार्क र डा हर्क गुरुङ समाधिस्थल पार्कमा विभिन्न कार्यक्रम आयोजना हुने छन् । 

कात्तिक २९ गतेका मर्स्याङ्दी गाउँपालिकाको वडा नं ४ स्थित जगत बजारमा जगत तातोपानी महोत्सव गरिने छ । सो दिन जगत तातोपानी कुण्डमा स्नान, स्थानीय कला संस्कृतिको प्रदर्शनी र स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा बिक्री वितरणलगायत कार्यक्रम तय गरिएको छ ।

यसैगरि कात्तिक ३० गते मर्स्याङ्दी गाउँपालिकाका विभिन्न वडाका भीरहरुमा भीरमह शिकार (हनि हन्टिङ) को कार्यक्रम तय गरिएको छ । घनपोखराका साथै ताघ्रिङको काप्रेभीर, स्याँगे भीर, मिप्रा, घेर्मु, बाहुनडाँडाका विभिन्न भीरमा भीर मौरी शिकारको कार्यक्रम तय गरिएको पालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।

यसैगरी, मंसिर १ गते मर्स्याङ्दी गाउँपालिका– ४ स्याँगे स्याँगेमा रहेको स्यांगे छहरा, च्याम्चेको बुङ झरना र अक्टोपस झरनामा पनि महोत्सवको तयारी गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । पर्यटकीय महत्वका यी झरनाको प्रचार प्रसारका साथै स्थानीय कला संस्कृतिको प्रदर्शनी र स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा विक्रीको कार्यक्रम राखिएको छ ।