Skip This
सिस्नेरी घटनाको सत्यतथ्य छानविन गर्न पीडित परिवारको माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
२o८१ कार्तिक १० शनिबार १o:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिस्नेरी घटनाको सत्यतथ्य छानविन गर्न पीडित परिवारको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १o:४३:oo

पहिरोमा परि ज्यान गुमाएका एन्फा एकेडेमीका ६ जना खेलाडीका परिवारले प्रधानमन्त्री ओलीलाई भेटी दोषीलाई कारवाही गर्न माग गरे

गत १२ असोजमा मकवानपुरको इन्दसरोवर गाउँपालिका वडा नम्बर-३ टेकरमा खसेको पहिरोमा परि ज्यान गुमाएका एन्फा एकेडेमीका ६ जना खेलाडीका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी घटनाका दोषीलाई कारवाही गर्न माग गरेका छन्।

उनीहरुले शुक्रबार प्रधानमन्त्री ओलीलाई छुट्टछुट्टै भेटी घटनाको बिषयमा उच्चस्तरीय छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । पीडित परिवारले एकेडेमी व्यवस्थापनको लापरवाहीको कारण घटना भएको भन्दै ध्यानाकर्षण पत्र समेत बुझाएका छन्।

पीडित परिवारका तर्फबाट ललित घलान, हेमबहहादुर योञ्जन, दिपा बानियाँ, कमला रेग्मी, टीकाराम आचार्य र भक्तबहादर बलम्पाकीले संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । पत्र बुझाउँदै उनीहरुले मृतक खेलाडीहरुको नाममा अक्षय कोषको स्थापना गरी प्रत्येक वर्ष खेलाडीहरुको स्मृतिमा राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्नुपर्ने माग पनि गरेका छन्। 

पीडित परिवारले शुक्रवार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पनि भेट गरेका थिए।

उक्त घटनामा परी ज्यान गुमाएका मकवानपुरका अनुमप घलानका बुबा लालित घलानले प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधाव नेपाललाई भेटी घटनाको बिषयमा सत्यतथ्य छानविनका लागी उच्चस्तरीय छानविन समिति बनाउन माग गरेको जानकारी दिए। 

उनले प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र अध्यक्ष नेपालले आफुहरु पीडित परिवारहरुको पक्षमा रहेको र घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन सहयोग गर्ने आश्वासन दिएको बताए।

गत असोज १२ गते बिहान कुलेखानी ड्यामको सतह भरिएर ढोका खोलिएपछि एकेडेमीको होस्टेलमा रहेका ३६ जना विद्यार्थी र होस्टेल वार्डेन गाउँतर्फ जानेक्रममा बाटोमाथीबाट खसेको पहिरोमा परी ६ जना विद्यार्थी पुरिएका थिए।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई भेट्न पीडित परिवार सहित सत्तापक्षका प्रमुख सचेतक महेशकुमार बर्तौला, बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशका पूर्व सामाजिक मन्त्री कुमारी मोक्तान, कांग्रेस मकवानपुरका सभापती बुद्ध लामा लगाएतका पुगेका थिए।

सिस्नेरी घटनामा ज्यान गुमाउनेमा मकवानपुरको हेटौँडा– १२ का अनुपम घलान, मकवानपुर गढी गाउँपालिकाका साइमन योञ्जन, मकवानपुरकै सिस्नेरी टेकरका दिवस बानियाँ, बारा निजगढ– ८ का विकल रेग्मी, सर्लाहीका आदित्य बलम्पाखी र काठमाडौंका प्रियान्स आचार्य छन्।