Skip This
दसैँपछि लमजुङका पर्यटकीय गाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
२o८१ कार्तिक १० शनिबार ११:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दसैँपछि लमजुङका पर्यटकीय गाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार ११:५१:oo

लमजुङका पर्यटकीय गाउँहरूमा दसैँपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। पछिल्लो समय होमस्टे घुम्न गएर बिदा मनाउने आन्तरिक पर्यटकको संख्या पनि बढेकाले पर्यटकीय गाउँमा चहलपहल बढेको हो।

 दसैँ र तिहार बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर जाने गरेका हुन्। घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार बिदा मनाउन दैनिक ६०/७० जना पर्यटक घलेगाउँ आएका छन्।

पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरूको व्यस्तता पनि बढ्न थालेको छ। लमजुङको उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा रहेको गाउँसहरको काउलेपानी होमस्टेमा पनि पर्यटक आगमन बढेको छ। अहिले दैनिक रूपमा पारिवारिक एवं समूहगत रूपमा पाहुना आउन थालेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए। 

आन्तरिक पर्यटकका लागि पछिल्ला दिनमा पर्यटकहरूको आगमन सुरु हुन थालेपछि होमस्टे व्यवसायीहरू उत्साहित भएका छन्। होमस्टे व्यवसायीहरू पर्यटकको स्वागत–सत्कार, सांस्कृतिक कार्यक्रम, पाहुनाको व्यवस्थापन, बिदाइलगायतका काममा व्यस्त हुन थालेका छन्।

पछिल्लो समय लमजुङ ग्रामीण पर्यटनको हबसमेत बन्दै गएको छ। सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँ, काउलेपानी होमस्टे, राइनासकोट होमस्टे, बेंसीसहरको खासुर, खुदीको सिउरुङ, मस्र्याङ्दीको हर्सिङडाँडा, घेर्मुको रकगार्डेनलगायतका गाउँमा यतिवेला पर्यटकहरू पुगेका छन्।