Skip This
एक लाख रुपैयाँ मूल्यको पटाकासहित एकजना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
२o८१ कार्तिक १० शनिबार ११:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक लाख रुपैयाँ मूल्यको पटाकासहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार ११:२१:oo

कैलालीको धनगढीबाट प्रहरीले करिब एक लाख मूल्य बराबरको पटाकासहित एकजनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–८, धनगढीबाट स्थानीय मीनबहादुर बुच्चामगरलाई एक लाख चार हजार मूल्यका पटाकासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मगरले चलाएको सु.प.प्र ०१–००१ ज १४८२ नम्बरको कारलाई शंकाको आधारमा चेकजाँच गर्दा कारभित्र तीन कट्टा पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

 उनीविरुद्ध विस्फोटक पदार्थ ऐनअनुसार कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । नजिकिदै गरेको तिहारलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पटाकाको कारोबार तथा प्रयोगको प्रतिबन्धमा कडाइ गरेको छ तर खुला सीमानाका कारण भारतबाट अवैधरुपमा हुने पटाका आयात रोक्न भने चुनौति छ ।