Skip This
पूर्वप्रधानसेनापति गौरवशमशेरको नेतृत्वमा 'कन्जरभेसन एलायन्स नेपाल' गठन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १० शनिबार o९:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वप्रधानसेनापति गौरवशमशेरको नेतृत्वमा 'कन्जरभेसन एलायन्स नेपाल' गठन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार o९:४९:oo

पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा राणाको अध्यक्षतामा ‘कन्जरभेसन एलायन्स नेपाल’ गठन भएको छ । एलायन्सको उपाध्यक्षमा पूर्वसचिव किशोर थापा, महासचिव र सचिवमा प्रकृति संरक्षण कोषका पूर्वसदसयसचिव क्रमशः डा. सिद्धार्थ बज्राचार्य, सरदचन्द्र अधिकारी र कोषाध्यक्षमा बैंकर जेनु थापा रहेका छन् ।

त्यस्तै, नेपाली सेनाका पूर्वब्रिगेडियर जनरल दिलिप रायमाझी, सेनाकै पूर्वमेजर जनरल हिमालय थापा, नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल, प्राध्यापक चन्द्र पोखरेल, वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा र सामाजिक संस्थाबाट हेलिना राई सदस्य छन् ।

प्राकृतिक संरक्षण, जलवायु परिवर्तन व्यवस्थापन, राष्ट्रिय सुरक्षा र सरकारलाई नीतिनिर्माण सरसल्लाह दिने उद्देश्यले एलायन्स गठन भएको अध्यक्ष जबराले बताए । जबराले जलवायु परिवर्तनको मुद्दा राष्ट्रिय सुरक्षासँग पनि जोडिएको बताए ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वसेनापतिसमेत रहेका एलायन्सका अध्यक्ष जबराले भने, ‘जलवायु परिवर्तनको चुनौती चिर्न अभ्यास र विज्ञताका आधारमा हामी सरकारलाई सघाउँनेछौँ ।’ सन् १९७० मा नेपालमा वनजंगल घटेर चुनौती थपिँदा संरक्षणमा सेना परिचालन भएको उल्लेख गर्दै जबराले भने, ‘राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा अहिले ८ हजार सेना परिचालन छन् ।’

प्रधानसेनापति अशोकराज सिग्देलले पनि जलवायु परिवर्तनले निम्त्याउने संकट प्रत्यक्ष र अप्रत्क्ष रुपमा राष्ट्रिय सुरक्षासँग जोडिएकाले जलवायु परिवर्तन न्यूनीकरणमा लाग्नुपर्ने बताए । ‘औद्योगिक युगको सुरुवाती चरणबाट  प्रकृतिमाथि क्षयीकरण भएको हो । जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली र अल्पविकसित राट्र बढी प्रभावित छन् । जलवायु परिवर्तनका कारण कृषि, जलविद्युत र जैविक विविधतामा असर परेको छ,’ उनले भने, ‘त्यही भएर जलवायु परिवर्तनबाट हुनसक्ने चुनौतीको समीक्षा आवश्यक छ । ’ नेपाली सेना ५० वर्षदेखि संरक्षणमा रहेको उल्लेख गर्दै प्रधानसेनापति सिग्देलले वातावरणमा एक सिपाही, एक बिरुवा र सफा हिमाल अभियान सञ्चालन भइरहेको जनाए । सेना विपत्मा उद्धार र त्यसपछि पुनर्निर्माणमा पनि क्रियाशिल रहेको उनले बताए । 

नेपाल प्रकृति संरक्षण कोष, जलवायु परिवर्तन महाशाखाका निर्देशक डा. मनिषराज पाण्डेले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या, आगामी रणनीतिबारे तथा सेनाका पूर्वब्रिगेडियर जनरल एवं राष्ट्रिय सुरक्षाविज्ञ दिलिप रायमाझीले जलवायु परिवर्तन, प्राकृतिक संरक्षणसँग जोडिएका राष्ट्रिय सुरक्षाका मुद्दाबारेमा प्रस्तुतिकरण दिएका थिए । रायमाझीले जलवायु परिवर्तनले राष्ट्रिय सुरक्षामा चुनौती ल्याउनसक्ने औँल्याए ।

वन तथा वातावरण राज्यमन्त्री रुपा विकले जलवायु परिवर्तनमा नेपालको मुद्दा पेरिस सम्झौता रहेको बताइन् । ‘विश्वव्यापाी तापक्रम वृद्धिको मार नेपालजस्ता हिमाली राष्ट्रले भोगिरहेका छन् । विकसित राष्ट्रले कार्बन उत्सर्जन घटाउन र विगतका सम्झौता कार्यान्वयन गर्नुपर्छ,’ उनले भनिन्, ‘प्राकृतिक संरक्षण, हिमालका मुद्दा र लस एन्ड ड्यामेज हाम्रो प्राथमिकता हो ।’