Skip This
आहा रारा पोखरा गोल्डकप माघमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
२o८१ कार्तिक १० शनिबार o७:२८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आहा रारा पोखरा गोल्डकप माघमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार o७:२८:oo

मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आहा रारा पोखरा गोल्डकपको २४औँ संस्करण आगामी माघ अन्तिम साताबाट सुरु हुने भएको छ । आयोजक क्लबका अध्यक्ष केशवराज बरालले प्रतियोगिताका लागि मिति मागेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले तालिका प्रकाशन गरी मिति उपलब्ध गराएको हो । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगिता २२ माघदेखि ३ फागुनसम्म हुने भएको हो । 

प्रतियोगितामा ए डिभिजनका क्लब, विभागीय टिमहरू, नेपाल सुपर लिगका टिम, मोफसलका टिम, आयोजक क्लबसँगै विदेशी टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार पाउनेछन् । यसैगरी, सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, गोलकिपर, मिडफिल्डर, स्ट्राइगर र प्रशिक्षकले २५ हजार पाउनेछन् । 

प्रतियोगिता सञ्चालनका लागि पोखरा महानगरपालिका संरक्षक, लुम्बिनी विकास बैंक अफिसियल बैंक, बुद्ध एयर अफिसियल एयरलाइन्सका रूपमा रहेका छन् भने राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, एन्फा, सहारा युके, सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया, जिल्ला खेलकुद विकास समिति कास्कीलगायतले सहयोग गर्नेछन् । सामाजिक सेवामा क्रियाशील क्लबले त्यसको अलावा २३ वर्षदेखि निरन्तर फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

पुलिस र मनाङले जिते ६–६ पटक उपाधि
प्रतियोगिताको २४औँ संस्करणसम्म आइपुग्दा विभागीय नेपाल प्रहरीको नेपाल पुलिस क्लब र ए डिभिजनको क्लब मनाङ–मस्र्याङ्दी क्लब सबैभन्दा धेरै उपाधि जित्ने सूचीमा छन् । २३औँ संस्करण सकिँदा दुवै टोलीले समान ६–६ पटक उपाधि हात पारेका छन् । यसैगरी, थ्रिस्टार क्लबले पाँच, संकटा क्लबले दुईपटक उपाधि उचाल्दा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब, आयोजक सहारा क्लब र पाहुना टोली अफ्रिकन युनाइटेड क्लबले समान एक–एकपटक उपाधिमा आफ्नो नाम लेखाएका छन् । 

एकेडेमीमा चौैथो ब्याचका ३० बालक
विगत २३ वर्षदेखि पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले ०५८ सालदेखि फुटबल एकेडेमीसमेत सञ्चालन गरिरहेको छ । कठिन परिस्थिति र विपन्न वर्गका बालकहरू आश्रित पोखरा– १७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा हाल चौथो ब्याचका ३० जना बालक रहेका छन् । उनीहरूको आवास, पालनपोषणसँगै शिक्षा–दीक्षा, फुटबल प्रशिक्षणको काम क्लबले गर्दै आएको छ । प्रत्येक वर्ष प्रतियोगिताको सञ्चालनपछि प्राप्त हुने आम्दानी क्लबले एकेडेमी सञ्चालनका लागि खर्च गर्दै आएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।