Skip This
फ्रिडम फाइटर र ठमेल फाइनलमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १० शनिबार o७:११:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फ्रिडम फाइटर र ठमेल फाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार o७:११:oo

फ्रिडम फाइटर र ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिल भेट्रान्स फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधिका लागि भिड्ने भएका छन् । फुटबलर्स मिसन टुगेदरको आयोजनामा चलिरहेको प्रतियोगिताको सेमिफाइनल शुक्रबार मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको  थियो । पहिलो सेमिफाइनलमा फ्रिडम फाइटरले हाम्रो धरान भेट्रान टिमलाई २–० ले पराजित गर्‍यो । 

फ्रिडमका लागि विकर्ण श्रेष्ठ र तेजबहादुर गलामीले गोल गरेका थिए । दोस्रो सेमिफाइनलमा ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० ले निराश बनायो । ठमेलका लागि भेषराज लिम्बू र अंकुर खड्गीले गोल गरेका हुन् । प्रतियोगिताको फाइनल आइतबार हुनेछ ।