१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ६ मंगलबार o६:१९:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ट्रान्सपरेन्सी इन्टरनेसनलले भन्यो–अदालतबाट दोषी ठहर र न्यायिक प्रक्रियामा रहेका व्यक्तिसँग दान लिनु भ्रष्टाचारको पक्षपोषण हो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार o६:१९:oo

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले अदालतबाट दोषी ठहर भएका र मुद्दाका प्रतिवादीसमेत रहेका व्यक्तिसँग दान लिनु भ्रष्टाचारको पक्षपोषण भएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ । प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टी एमालेको कार्यालय भवनका लागि विवादित व्यवसायी मीनबहादुर गुरुङसँग १० रोपनी १४ आना जग्गा र त्यसमा बनाइदिने भवन दानका रूपमा लिएका छन् । 

जग्गासहित भवन निर्माण हुँदासम्म एक अर्बभन्दा धेरै लाग्ने अनुमान छ । ट्रान्सपरेन्सीले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सोमबार विज्ञप्ति जारी गरेको छ । ‘दान प्रदान गर्ने व्यक्ति नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको र निजमाथि सोही प्रकृतिका थप विभिन्न मुद्दा न्यायिक प्रक्रियामा नै रहेको सर्वविदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनको पालना गरी– गराई सरकारी सम्पत्ति र हितको संवद्र्धन गर्न जनताबाट निर्वाचित भई सरकारको नेतृत्व गरिरहेको पार्टीले यस प्रकारको दान, दातव्य लिँदा वादी–प्रतिवादीमा हुनुपर्ने व्यवहारमा गम्भीर असर पर्न गई सरकार वादी रहेको मुद्दामा प्रतिकूल प्रभाव पर्न जाने देखिन्छ । प्रतिवादीसँगको यस्तो लेनदेनका कारण स्वार्थको द्वन्द्व हुन गई सुशासनमा गम्भीर असर पर्ने र भ्रष्टाचारको पक्षपोेषण हुने ठम्याइ टिआई नेपालको रहेको छ ।’

सरकारको नेतृत्व गर्ने व्यक्ति वा दलले सरकार वादी रहेको मुद्दाका प्रतिवादी व्यक्ति वा पक्षबाट सरकारका लागि होस् वा पार्टीको नाममा होस् कुनै पनि प्रकारको दान, दातव्य र सहयोग स्वीकार गर्ने प्रवृत्तिले सुशासनको अपव्याख्या भई देशमा व्याप्त भ्रष्टाचारलाई थप मलजल पुग्न जाने ट्रान्सपरेन्सीको ठहर छ । सरकार सञ्चालनमा संलग्न रहेका व्यक्ति तथा राजनीतिक दललाई यस प्रकारका काम–कारबाहीबाट अलग रहन ट्रान्सपरेन्सीले अपिल गरेको छ ।