१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
२o८१ कार्तिक ६ मंगलबार २१:१o:oo
Read Time : < 1 मिनेट
अर्थ

तारे होटेलमा प्लास्टिकजन्य बोतलका पेय पदार्थमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार २१:१o:oo

तारे होटेलहरूमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ प्रयोगमा रोक लगाएको छ । पर्यटन विभागले चारतारे, पाँचतारे, पाँचतारे (डिलक्स) होटेल र सबै प्रकारका डिलक्स तथा लक्जरी रिसोर्टमा प्लास्टिकजन्य बोतलहरूमा रोक लगाएको हो ।

तत्काललाई कम्तीमा चारतारे वा सोभन्दा माथिल्लो स्तरका होटेल तथा रिसोर्टहरूमा खानेपानीका लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोतलमा रोक लगाइएको पर्यटन विभागका महानिर्देशक सहसचिव डा. नारायण रेग्मीले जानकारी दिए । उनले भने, ‘विभागबाट तारेस्तरमा स्तर वर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटेल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थहरू प्रयोगमा आइरहेको भन्ने जानकारी आएकाले रोक्न निर्देशन दिइएको हो ।’

प्लास्टिकजन्य बोतलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुँदा प्लास्टिकजन्य बोतलको प्रयोगमा निषेध गरी काँचका बोतल तथा अन्य धातुका भाँडा प्रयोग गरी होटेलका कोठा तथा रेस्टुरेन्टहरूमा पिउने पानीको व्यवस्था मिलाउन निर्देशन दिएको महानिर्देशक रेग्मीले बताए ।