१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ६ मंगलबार २o:१४:oo
Read Time : < 1 मिनेट
समाचार

सहुलियतमा न्युरोसम्बन्धी राेग उपचार गर्ने गरी केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार २o:१४:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहुलियतमा न्युरो रोगको उपचार गर्ने गरी न्युरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययनका लागि समिति गठन गरेको छ।  
यसका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै सम्भाव्यता अध्ययन समिति गठन गरेका हुन्। गठित समितिको संयोजकमा चिकित्सा शास्त्र अध्ययन संस्थान त्रिविका सह–प्राध्यापक डाक्टर गोपाल सेढाई संयोजक छन्। 

यसैगरी, वीर अस्पतालका डाक्टर विनोद राजभण्डारी, चिकित्सा शास्त्र अध्ययन संस्थान त्रिविका डाक्टर राजीव ओझा, नेप्लिज एसोसिएसन्स अफ न्युरोलोजिस्टका प्रतिनिधि सदस्य रहनेछन्। समितिमा अमेरिकाको जाकोल्स स्कुल अफ मेडिसिन एन्ड बायोमेडिकल साइन्सका सहप्राध्यापक डाक्टर अमित कँडेल सदस्य तथा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डाक्टर पुष्पराज पौडेल सदस्यसचिव तोकिएका छन्। 

समितिले राष्ट्रिय न्युरो सर्जरी केन्द्रको स्थापनाका लागि आवश्यक सुझाव लिएर उपयुक्त जग्गा खोजी र पहिचान गर्नेछ। समितिलाई अध्ययन तथा विज्ञसँग गहन छलफलपश्चात् स्वीकृतिका लागि मन्त्रालयसमक्ष सुझाव पेस गर्न निर्देशन दिइएको छ। ‘अहिले न्युरोसँग सम्बन्धित रोगको भार बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले भने, ‘यो अवस्थालाई सम्बोधन गर्न र विपन्न वर्गले पनि सहुलियतपूर्ण सुविधा पाउन् भन्ने हिसाबले केन्द्र स्थापना गर्न आवश्यक देखेर मन्त्रीज्यूबाट मन्त्रीस्तरीय निर्णयमार्फत अध्ययन समिति गठन भएको हो।’