१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ६ मंगलबार १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युएनएचसिआरको नेपाल प्रतिनिधिमा मोनक सोखान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १८:५८:oo

शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय युएनएचसिआरको नेपाल प्रतिनिधिमा मोनक सोखान आएकी छिन्। उनले मंगलबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासमक्ष ओहोदाको प्रमाणपत्र बुझाएर महाराजगन्जस्थित कार्यालयमा जिम्मेवारी सम्हालेकी छिन्।

सन् १९६० देखि नेपाल र युएनएचसिआरबिच सहकार्य हुँदै आएको स्मरण गर्दै सोखानले शरणार्थीहरूको हितका लागि सरकारलगायत सबै पक्षसँग संवाद गर्ने उल्लेख गरिन्। उनी कम्बोडिया र फ्रान्सका नागरिक रहेको युएनएचसिआरको नेपालस्थित कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपाल आउनुअघि उनले युएनएचसिआरको बैंककस्थित एसिया र प्रशान्त क्षेत्रीय ब्युरोमा वरिष्ठ संरक्षण संयोजकका रूपमा कार्य गरेकी थिइन्।

सोखानले शरणार्थी मामिलामा २५ वर्ष काम गरेको अनुभव रहेको नेपालस्थित कार्यालयले जनाएको छ। उनले थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया, मंगोलिया, बोसनिया–हर्जगोभिना, सुडान, आइभोरिकोस्ट, हङकङ, इथियोपिया, हाइटी र लेबनानमा काम गरिसकेकी छिन्। उनले मंगलबार परराष्ट्रसचिव सेवा लम्सालसँग मन्त्रालयमा शिष्टाचार भेट गरेकी छिन्।