१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ६ मंगलबार १८:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलन गर्दै  युवा संघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १८:३३:oo

नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल राजनीतिक गतिविधिको साटो प्राविधिक गतिविधिमा लाग्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (कृत्रिम बौद्धिकता) सम्मेलन गर्ने भएको छ।

संघले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कात्तिक ११ र १२ गते हायत प्यालेस सोल्टीमोडमा एआई सम्मेलन आयोजना गर्न लागेको हो। एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेका ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्य रहेको संघले बताएको छ।

सम्मेलनको तयारी बैठकका क्रममा संघका अध्यक्ष क्षितिज थेबेले सूचना प्रविधिको वर्तमान युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने बताए।

सम्मेलनमा करिब एक हजारजना सहभागी हुनेछन्, जसमा ५०० जना संघबाट सिफारिस गरेका प्रतिनिधि हुने बताइएको छ। बाँकी ५०० जनाको खुला कोटामा इच्छुक सबैले आवेदन दिन सक्ने संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए।