१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
२o८१ कार्तिक ६ मंगलबार २३:o५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

बिपी राजमार्गको रोशी खण्डमा जामले सास्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार २३:o५:oo

मंगलबार बिहान १० बजे सिन्धुली पुग्न बिहान ५ बजे काठमाडौंबाट यात्रा सुरु गरेकी सुशीला तामाङ साढे ८ बजेसम्म नमोबुद्ध नगरपालिका– ६ चरंगेमा अड्किइन् । चरंगे पुग्दा चौकीडाँडाको जाम चरंगेफेदी आइपुगेको थियो । चौकीडाँडाबाट करिब एक किलोमिटर सडक जाम थियो । तामाङले अझै त्यस्तै बिग्रेको सडक करिब २५ किलोमिटरभन्दा बढी यात्रा गर्न बाँकी नै थियो । ‘बिहान १० बजे सिन्धुली पुग्न भनेर बिहान ५ बजे काठमाडौंबाट यात्रा गरेँ, तर यहीँ १० बज्ने भइसक्यो,’ उनले भनिन्, ‘यही तालले त रातिको १० बजे पनि पुगिएलाजस्तो छैन ।’

गत १० देखि १२ असोजसम्म परेको अविरल वर्षापछि बाढीले बिपी राजमार्गको ठाउँठाउँमा बगाएको छ । चौकीडाँडादेखि माम्तीसम्म करिब २५ किलोमिटर राजमार्गमध्ये १० किलोमिटरभन्दा बढी बाढीले बगाएको छ । बाढीले सडक बगाएको स्थानमा रोशी गाउँपालिका र सडक विभागले सडक डाइभर्सन गरेर सुचारु गरेका छन् । सडक डाइभर्सन साँघुरो भएकाले बिहान र बेलुकीको समयमा सवारीको अत्यधिक चाप हुने गरेको छ ।

कष्ट झेल्दै ओखलढुंगाका दीपेश कार्की मंगलबार दिउँसो ३ बजे रोशी–७ कटुञ्जेमा भेटिए । बिहान ६ बजे ओखलढुंगाबाट काठमाडौं हिँडेका उनी सधैँ चार–पाँच घण्टामा काठमाडौं पुग्ने गरेकोमा यसपटक १२ घण्टामा पनि काठमाडौं नपुगिने हो कि भन्ने चिन्तामा थिए । ‘हामी सधैँ बढीमा पाँच घण्टामा काठमाडौं पुग्थ्यौँ, तर सडक जामले गर्दा १२ घण्टामा पनि नपुग्ने देखियो,’ उनले भने, ‘माम्तीदेखि नै जाम रहेछ । अब माथितिर कस्तो छ थाहा छैन ।’

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीले बिगारेको बिपी राजमार्ग डाइभर्सन गरेर खोले पनि एकतर्फी भएकाले अत्यधिक जाम भएको बताए । सडक दुईतर्फी सुचारु गर्न पहल गरिरहेको र सडक विभागले त्यसका लागि निरन्तर काम गरिरहेको उनको भनाइ छ । बगरमै भए पनि सडक फराकिलो गरेर दुईतर्फी सडक खुलाउन निरन्तर पहलकदमी गरिरहेको उनको भनाइ छ ।

‘राजमार्ग बाढीले बगाएपछि सडक विभागसँग सहकार्य गरेर एकतर्फी सडक सुचारु गरेका थियौँ,’ लामाले भने, ‘दसैँअगावै सडक सुचारु गर्नुपर्ने भएकाले एकतर्फी सुचारु ग¥यौँ, अब बगरमै भए पनि दुईतर्फी सडक सुचारु गर्न सडक विभागलाई भनेका छौँ ।’