१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
शान्ता कमली काठमाडाैं
२o८१ भदौ ९ आइतबार o९:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्नपूर्ण पदमार्गमा एक वर्षमा २२ हजारभन्दा बढी पर्यटक भित्रिए

Read Time : < 1 मिनेट
शान्ता कमली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार o९:१६:oo

चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ जिल्लामा गत आर्थिक वर्ष ०८०/८१ मा २२ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका गत वर्ष २२ हजार तीन सय ७१  जनाले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ घुमेका छन् ।  

पछिल्लो समय हिमाली जिल्ला मनाङको विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदमार्ग यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङ (एक्याप)का प्रमुख ढकबहादुर भुजेलले मनाङ फ्रान्सका नागरिकको पहिलो रोजाइमा पर्ने गरेको बताए ।

अन्नपूर्ण पदमार्गमा विशेष गरी बेलायत, इजरायल, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायत देशका नागरिक आउने गर्छन् । मनाङ जाने पर्यटक विशेष गरी थोराङपास, लार्केपास र कालापास साथसाथै विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालको अवलोकनका लागि आउने गरेका छन् । 

पदयात्रा सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत् तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङपास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदमार्गको यात्रा पूरा हुन्छ ।