Skip This
शिक्षामन्त्री र सचिवबिच कार्यसम्पादन करार सम्पन्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २८ शुक्रबार ११:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षामन्त्री र सचिवबिच कार्यसम्पादन करार सम्पन्न

कामलाई शतप्रतिशत सफल  र समस्यालाई शून्य बनाउने  कडी कार्यसम्पादन करार हो - मन्त्री भट्टराई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार ११:५५:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र शिक्षासचिव डा. दीपक काफ्ले, विज्ञान तथा प्रविधिसचिव विश्वबाबु पुडासैनीबिच कार्यसम्पादन करार सम्पन्न भएको छ। बिहीबार प्रधानमन्त्री केपी ओली र मन्त्रीहरूबिच कार्य सम्झौतासँगै मन्त्री भट्टराईले मन्त्रालयमा शुक्रबार सचिवद्वय काफ्ले र पुडासैनीसहित मन्त्रालयमातहतका सहसचिवहरू तथा विभागीय प्रमुखहरूसँग पनि कार्यसम्झौता करार गरेकी हुन् । 

कार्यसम्झौता करारमा हस्ताक्षर गरेपछि मन्त्री भट्टराईले कार्यसम्पादन लक्ष्य प्राप्तिको प्रतिबद्धता र एक–अर्काको पारस्परिक सम्बन्ध, कामको दिशानिर्देश, आकारनिर्देश तथा लक्ष्य, सहकार्य र समन्वयको वातावरण तयार गर्ने साथै काम देखिने दस्ताबेज र आमजनतालाई थाहा पाउने व्यवहार भएको उल्लेख गरिन् । प्रधानमन्त्री र मन्त्रीबिच भएको कार्यसम्झौता करार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकै एक मार्गनिर्देशन भएको र शिक्षा र विज्ञान जनताको जीवन र दैनिकीसँग तथा कामको प्रभावकारितासँग प्रत्यक्ष जोडिने बताइन् । 

समृद्ध नेपाल, सुखी नेपाली, समावेशी लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्र र समाजवादअनुरूप राज्य व्यवस्थामा हामीले लेखेका कुरा पूरा नभएमा अविश्वास बढ्छ। जनतामा सरकारप्रतिको विश्वास र भरोसा प्रबल हुने गरी काम गर्नुपर्ने मन्त्री भट्टराईले बताइन् । कार्यसम्पादन करारले कामलाई शतप्रतिशत सफल र समस्यालाई शून्य बनाउनेमा सहयोगी हुने भन्दै भट्टराईले कार्यसम्पादन करार समस्या समाधान गरेर दक्षता बढाउने र कामलाई नतिजामुखी, प्रभावकारी र समयसीमाबद्ध बनाई सेवाग्राही सन्तुष्टि बढाउने उपाय भएकाले सबैलाई प्रतिबद्ध भएर काममा लाग्न अनुरोध  गरिन् । 

कार्यसम्पादन करारलाई कार्यप्रक्रियाको अभिन्न अंग बनाउँदै लक्ष्य पूरा गर्ने वस्तुनिष्ठ आधार निर्धारण गरी सुशासन, ऐन तथा निजामती सेवा ऐनको मर्मअनुसार सो सम्झौता गरिएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ। बिहीबार प्रधानमन्त्री र मन्त्रीबिच  सम्पन्न कार्यसम्झौतामा समय, लक्ष्य र सूचक तोकिएर एक सय दिनभित्र गरिने नौवटा, दुई सय दिनभित्र गरिने आठवटा र २३ वटा अन्य कार्यसूचक तोकिएका छन्।