Skip This
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस, नियुक्त भए ०८२ चैतसम्म पदमा रहने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १ मंगलबार o६:o५:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस, नियुक्त भए ०८२ चैतसम्म पदमा रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o६:o५:oo

संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा सोमबार बसेको बैठकले न्यायपरिषद्ले पठाएको रोस्टरका आधारमा वरिष्ठतम् न्यायाधीश राउतको नाम सिफारिस गरेको हो । 

वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २० असोजमा उमेरहदका कारण अवकाश पाउँदै छन् । त्यसैले परिषद्ले वरिष्ठताका आधारमा राउतको नाम सिफारिस गरेको हो । प्रस्तावित प्रधानन्यायाधीशको सिफारिसपत्र संसद्मा गएपछि उनको संसदीय सुनुवाइ हुनेछ र त्यहाँबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट राउत नियुक्त हुनेछन् । उनी नियुक्त भए ०८२ चैतसम्म प्रधानन्यायाधीशका रूपमा रहनेछन् । उदयपुर घर भएका राउत कानुन व्यवसायी पृष्ठभूमिका हुन् । उनी ०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए । 

प्रधानन्यायाधीश सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने संवैधानिक परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र कानुनमन्त्री सदस्यका रूपमा रहन्छन् । त्यस्तै, परिषद् सचिवका रूपमा मुख्यसचिव रहन्छन् । हाल प्रधानन्यायाधीशसहित सर्वोच्चमा १७ न्यायाधीश कार्यरत छन् । चार पद रिक्त छन् ।