Skip This
खैरो हेरोइनसहित तीनजना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ २८ शुक्रबार ११:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खैरो हेरोइनसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार ११:२६:oo

ताप्लेजुङमा लागुऔषध खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया थाना वडा नं. १२ घर भई फुङलिङ नगरपालिका– ५ शिवालय मन्दिरनजिक बस्ने २३ वर्षीय अमिर हम्जा अन्सारी, फुङलिङ नगरपालिका– ५ का २० वर्षीय जगत श्रेष्ठ र वडा नम्बर ७ का २३ वर्षीय अनुप गुरुङ रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेश बस्नेतले जानकारी दिए । 

प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बस्नेतले पक्राउ परेका तीनैजनालाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न ताप्लेजुङ जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान सुरु गरिएको बताए । 

उनीहरूको शरीर तथा कोठाको खानतलासी गर्दा कालो रङको प्लास्टिकमा चारवटा पोकामा ७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो वस्तुसँगै सेतो कागजको टुक्रामा पोको पारेको अवस्थामा सुनजस्तो देखिने पहेँलो धातुका पाँचवटा टुक्रा तथा नगद २६ हजार ६ सय रुपैयाँ, पर्स, मोबाइलसहितका सामग्री बरामद गरिएको बस्नेतले बताए ।