काठमाडौं । नेपाली क्रिकेटर रोहितकुमार पौडेल विवाहबन्धनमा बाँधिएका छन् ।
थाइल्यान्डमा एक समारोहबिच पौडेलले सिम्रन खड्कासँग लगनगाँठो कसेका हुन्। विवाह समारोहमा क्रिकेटरहरू कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरालगायत पनि सहभागी भएका थिए।