Skip This
उपभोग्य वस्तुको कृत्रिम अभाव अन्त्य गर्न नेतृत्वदायी भूमिका लिनुपर्छ : उद्योगमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २८ शुक्रबार ११:o३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उपभोग्य वस्तुको कृत्रिम अभाव अन्त्य गर्न नेतृत्वदायी भूमिका लिनुपर्छ : उद्योगमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार ११:o३:oo

साल्ट ट्रेडिङको ६२औँ वार्षिकोत्सव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनलाई उपभोग्य वस्तुको कृत्रिम अभाव अन्त्य गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । उनले बजारीकरण, दायरा र व्यापार वृद्धि गर्न प्रविधिको प्रयोगलाई बढावा दिन सचेत गराएका छन् । कर्पोरेसनको ६२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले उपभोग्य वस्तुको अभाव हुन नदिएर यसले जनता र सरकारको विश्वासिलो संस्थाका रूपमा आफूलाई उभ्याउन सक्नुपर्नेमा जोड दिए ।

‘साल्ट ट्रेडिङ यस्तो ब्रान्ड बनोस् कि नामै काफी होस्, यसको उत्पादन आफ्नै ब्रान्ड बनोस्,’ उनले भने । मन्त्री भण्डारीले व्यवसाय विस्तारका योजना बनाउन व्यवस्थापन र कर्मचारीलाई निर्देशनसमेत दिए । ‘सेवा प्रवाहलाई छिटो–छरितो र सहज बनाउँदै उच्च गुणस्तरको उपभोग्य वस्तुको आपूर्तिमा व्यवस्थापनले ध्यान दिनुपर्छ,’ उनले भने, ‘कर्पोरेसनलाई नेपालको भरपर्दो र विश्वासिलो तथा कृत्रिम अभाव अन्त्य गरी सहज आपूर्ति गर्न सक्ने संस्था बनाउनुपर्छ ।’

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर नागरिकलाई विश्वास दिलाउन सक्नुपर्ने बताएका छन् । ‘साल्ट ट्रेडिङ जनताको विश्वासिलो संस्था बन्न सकोस्, ‘अब दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन, साल्ट ट्रेडिङ मेरो साथमा छ’ भनेर आमजनतालाई विश्वास दिलाउनुपर्छ,’ मन्त्री भण्डारीले भने, ‘उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन यस संस्थाले उपभोग्य बजारमा गतिलो हस्तक्षेप गर्नुपर्छ ।’ 

मन्त्री भण्डारीले आपूर्ति बजारमा साल्ट ट्रेडिङको भूमिका अपरिहार्य रहेको र अप्ठ्यारो अवस्थामा अत्यावश्यक वस्तुको उपलब्धता सहज बनाउन संस्थाले उल्लेख्य काम गरेको स्मरण गरे । ‘अब बजार संकुचन होइन, विस्तार र व्यावसायिकीकरणमा लाग्नुपर्छ, साल्ट्र ट्रेडिङसँग प्रतिस्पर्धा गर्न सकिँदैन भन्ने बनाउनुपर्छ,’ उनले भने, ‘प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल र व्यावसायिक रूपमा उभ्याउनुपर्छ, व्यावसायिकता र सेवा प्रवाहलाई थप परिष्कृत गरेर लैजानुपर्छ ।’

कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले गुणस्तरीय दैनिक उपभोग्य वस्तु सर्वसुलभ रूपमा जनताको घरदैलोमा पुर्‍याउन क्रियाशील रहेको बताए । उनले आगामी दिनमा कर्पोरेसनको सेवा थप प्रभावकारी बनाइने बताए ।  

कर्पोरेसनका प्रमुख कार्यकारी अधिृकत उर्मिला श्रेष्ठले आमजनताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिइन् । ‘विगतमा आएको ठुलो भूकम्प र कोभिडको समयमा हामीले आमउपभोक्ताको घरदैलोसम्म सेवा पुर्‍याउन सकेकोमा हामी गौरवान्वित भएका छौँ,’ उनले भनिन् ।

साथै, कम्पनीले वार्षिकोत्सवको अवसरमा विभिन्नि विधामा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरेको छ ।