Skip This
सुनको मूल्य हालसम्मकै उच्च : प्रतितोला एक लाख ५६ हजार तीन सय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ भदौ २८ शुक्रबार ११:५६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य हालसम्मकै उच्च : प्रतितोला एक लाख ५६ हजार तीन सय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार ११:५६:oo

स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा  तीन हजारले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ६५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक हजार सात सय ९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि  एक हजार आठ सय ६० रुपैयाँ निर्धारण भएको छ ।