१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
रासस चितवन
२o८१ भदौ ९ आइतबार o८:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडकमा बस दुर्घटना हुँदा १५ जना घाइते    

Read Time : < 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार o८:५७:oo

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका– २९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् । 

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।