१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
दीपक भट्ट रामेछाप
२o८१ भदौ ९ आइतबार o८:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामेछापकाे टोकरपुरमा पहिरोले चार घर बगाउँदा नाैजना बेपत्ता, दुईजनाको शव फेला

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार o८:३६:oo

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– ३ टोकरपुरस्थित लेखर्क पहरीगाउँमा आज बिहान ३:४५ बजे गएको पहिरोले चारवटा घर बगाएको छ । पहिरोमा परी नाैजना बेपत्ता भएका छन् । दुईजनाको घटनास्थलमा शव फेला परेको छ ।

बेपत्ता भएका नाैजनाको खोजीकार्य भइरहेको प्रहरीले जनाएकाे छ । पहिराेमा परेकाहरू सबैजनाको विवरण आइनसकेको प्रहरीकाे भनाइ छ । 

अँधेरीखोलाको पुल बग्याे

पहिरोले दोरम्बा र गाउँपालिकाको बिचमा रहेको अँधेरीखोलाको पुल पनि बगाएको छ । अन्य थप विवरहरू आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय टोकरपुरवाट खटिएको प्रहरीको टोली र स्थानीयहरू उद्धारमा खटिएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापबाट पनि प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलतर्फ जाँदै छ । सदरमुकाम मन्थलीबाट उक्त स्थानमा पुग्न सवारीसाधनमा करिब चार घण्टा लाग्छ ।