Skip This
ब्ल्याक एन्ड डेकरले ल्यायो ‘बिगर सेलिब्रेसन्स, बिगर जोयस’ योजना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २८ शुक्रबार ११:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ब्ल्याक एन्ड डेकरले ल्यायो ‘बिगर सेलिब्रेसन्स, बिगर जोयस’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार ११:o९:oo

अमेरिकन ब्रान्ड ब्ल्याक एन्ड डेकरले दसैँ–तिहारलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स, बिगर जोयस’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले ब्ल्याक एन्ड डेकरको साना होम एप्लायन्सको खरिद गर्दा हात खाली नजाने उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

ग्राहकले ओएफआर हिटरको खरिदमा केटल प्राप्त गर्न सक्नेछन् भने एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटिजी ओभन, इ–प्रेसर कुकर र भ्याकुम क्लिनरलगायतका उपकरणको खरिदमा कफी मग उपहार प्राप्त गर्न सक्नेछन् ।

साथै, एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सक्नेछन् । ब्ल्याक एन्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्ना सबै सामानमा आकर्षक छुट पनि रहेको छ ।

योजना सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ । उत्सवको अवसरमा ब्ल्याक एन्ड डेकरले ग्राहकलाई थप खुसी बनाउने उद्देश्यले योजना सञ्चालन गरेको जनाएको छ ।