सिद्धार्थ बैंकको एपमा ‘सिद्धार्थ एनपिएल क्रिकेट च्यालेन्ज’

मंगलबार, १० कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणलाई लक्षित गर्दै मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपिएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपिएलसँगको सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी प्वाइन्ट आर्जन गर्न यो सुविधा सञ्चालनमा ल्याएको हो ।

एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् । गेममा एनपिएलका आठ टोलीमध्ये आफूलाई मनपर्ने टोली छनोट गरी ब्याटिङ तथा बलिङ गर्न सकिनेछ । ब्याटिङमा बनाएको प्रत्येक रनबापत १ र बलिङमा लिएको प्रत्येक विकेटबापत ६ सिद्धार्थ लोयल्टी प्वाइन्ट प्राप्त हुनेछ ।

बैंकका अनुसार यस बैंकमा खाता भएका ग्राहकले आर्जित प्वाइन्ट सिद्धार्थ रिवार्डस् प्लाटफर्ममार्फत रिडिम गर्न सक्नेछन् । बैंकमा खाता नभएका प्रयोगकर्ताले पनि गेम खेल्न र प्वाइन्ट संकलन गर्न सक्ने सुविधा छन् । यद्यपि, संकलित प्वाइन्ट रिडिम गर्न बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिनुपर्नेछ । यस पहलमार्फत बैंकले क्रिकेटको लोकप्रियतालाई डिजिटल बैंकिङसँग जोड्दै ग्राहकको सहभागिता अभिवृद्धि गर्ने तथा बैंकिङ अनुभवलाई थप रोचक बनाउने उद्देश्य राखेको छ ।

सुझावित समाचार