खाद्य कम्पनीले तिहार विशेष रैथाने मेला आयोजना गर्ने

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौ/ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहारको अवसरमा ‘तिहार विशेष रैथाने मेला २०८३’ आयोजना गर्ने भएको छ । नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन, स्थानीय उद्यमशीलता तथा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिने भएको हो । २१ देखि २३ कात्तिकसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापथलीस्थित कार्यालयपरिसरमा आयोजना गर्नेछ ।

‘दीपावली पर्वको उल्लाससँगै नेपाली रैथाने उत्पादन, मौलिक संस्कृति तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धनमा सहकार्य गरौँ’ भन्ने नाराका साथ आयोजना हुने मेलामा मौलिक उत्पादनको प्रदर्शनी तथा बिक्री–वितरण गरिनेछ ।

मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूल, माला तथा सजावटका सामग्री, परम्परागत पोसाक तथा हस्तकलाका सामग्री, माटाका भाँडाकुँडा तथा परम्परागत सामग्री, रैथाने बाली, कृषिउपज तथा स्थानीय उत्पादन र अन्य मौलिक, स्थानीय तथा स्वदेशी उत्पादन राखिने खाद्य कम्पनीले जनाएको छ । 

सुझावित समाचार