काठमाडौं/ युरोपमा नेपालको निर्यात वृद्धिका लागि युरोपियन युनियन (इयू)को व्यापार सहुलियत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
इयूको ‘एभ्रिथिङ बट आर्म्स’ व्यापार सहुलियत कार्यक्रम लागू भएको २५ वर्ष पूरा भएको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले यस कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच र निर्यात विस्तार गर्न युरोपेली संघको सहयोग महŒवपूर्ण रहेको बताए ।
सो अवसरमा नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीले नेपाली उत्पादनको विशिष्टता र मौलिकताको प्रशंसा गरे । अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको उच्च सम्भावना रहेको औँल्याउँदै उनले युरोपेली बजारमा निर्यात गर्दा नेपाली व्यवसायीले भोगिरहेका चुनौती समाधानका लागि इयूको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।