एनपिएललक्षित ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक

मंगलबार, १० कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण सुरु हुनुअघि सार्वजनिक गरिएको यस एन्थमले क्रिकेटको मैदानमा देखिने प्रतिस्पर्धात्मक जोस र मैदानबाहिर समर्थकमा छाउने क्रिकेट क्रेजलाई एउटै सांगीतिक लयमा बाँध्ने प्रयास गरेको कम्पनीको भनाइ छ । एन्थममा उत्साह जोशीको स्वर तथा शब्द र ब्लुस (सुरज शाही)को संगीत रहेको छ ।

विशेषगरी युवापुस्ताको सांगीतिक रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै तयार गरिएको यस एन्थमले खेलको उत्साहलाई नयाँ सांगीतिक अभिव्यक्ति दिएको कम्पनीले बताएको छ । मैदानमा खेलाडीले प्रदर्शन गर्ने जोस र दर्शकले महसुस गर्ने रोमाञ्चलाई संगीतमा उतार्दै यसले क्रिकेटको माहोललाई अझ जीवन्त र ऊर्जावान् बनाउने अपेक्षा गरिएको छ ।

एनपिएल विशेष क्यान कम्पनीले एनपिएलको रौनकलाई थप विशेष बनाउन एक्स्ट्रिम इनर्जी ड्रिंकले सातवटा टोलीको लोगो अंकित स्पेसल एडिसन क्यानसमेत सार्वजनिक गरेको छ । यसमार्फत एक्स्ट्रिमले क्रिकेटको उत्साहलाई मैदानमा मात्र सीमित नराखी समर्थकको हात–हातसम्म पुर्याउने प्रयास गरेको जनाएको छ ।

प्रायोजनका लागि साझेदारी गरिएका सातवटै टोलीका लोगो समेटिएका क्यानमार्फत अब समर्थकले आफ्नो मनपर्ने टिमको पहिचानलाई आफूसँगै बोक्न सक्नेछन् । कम्पनीका अनुसार यो पहलले समर्थकलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन फरक शैलीमा व्यक्त गर्ने अवसर दिनेछ । एनपिएल सिजन–३ मा एक्स्ट्रिमले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ भने पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी रहेको छ । 
 

सुझावित समाचार