१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ९ आइतबार o८:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले अरनिको राजमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार o८:२५:oo

काभ्रेको भुम्लु गाउँपालिका- ८ बन्देउडाँडास्थित अरनिको राजमार्गमा माथिबाट पहिरोसहित रुख ढलेर सडक अवरुद्ध  भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार आज बिहान करिब ४:२० बजेको समयमा सुक्खा पहिरोसहित रुख ढली राजमार्ग अवरुद्ध भएको हो ।

अवरोध भएको उक्त स्थानमा  प्रहरी  टोली खटिएको र स्थानीय निकायसँग समन्वय गरी सडक खुलाउने काम भइरहेको प्रहरी जनाएको छ ।

जिरोकिलो–मेलम्ची सडकखण्ड दुईतर्फी बन्द

त्यस्तै, काभ्रे जिल्लाको पाँचखाल- ४ फेदीस्थित जिरोकिलो मेलम्ची सडकखण्डमा माथिबाट पहिरो आई जिरोकिलो मेलम्ची सडकखण्ड दुईतर्फी बन्द भएको थियो । उक्त स्थानमा प्रहरी टोली, स्थानीय निकाय र सडक विभागको समन्वय सडक एकतर्फी खुलाएको प्रहरीले जनाएको छ ।