१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ १९ शुक्रबार १४:२०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भारतविरुद्ध नेपाललाई पहिलो सफलता, गुल्सनले लिए विकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ १९ शुक्रबार १४:२०:००

आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा भारतको सामना गरिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ । 

गुल्सनले आफ्नो तेस्रो ओभरमा भारतका ओपनर आदर्श सिंहलाई व्यक्तिगत २१ रनमा आउट गरेका छन् । ४.५ ओभरमा भारतले पहिलो विकेट गुमाएको हो । १८ बल खेलेका आदर्शले चार चौका प्रहार गरिसकेका थिए । तर, गुल्सनको बलमा आदर्शलाई विकेटकिपर उत्तम मगरले समाते । 

दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङ ओभलमा भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङ गरिरहेको हो ।