१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार २o:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

भारतीय बलरसामु नेपाली ब्याटिङ ध्वस्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:३५:oo

आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गतको अन्तिम खेलमा भारतले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याइरहेको नेपाल संकटपूर्ण अवस्थामा पुगेको छ । 

२७ ओभरमा ७६ रन बनाउँदा नेपालले ६ विकेट गुमाइसकेको छ । पछिल्लो ४० बलभित्र नेपालले ६ विकेट गुमाएपछि नेपाली ब्याटिङ गहिरो संकटमा देखिएको छ । 

नेपालले ४८ रनको अवस्थामा पहिलो विकेट गुमाएको थियो । तर, त्यसपछि ६५ मा दोस्रो, ७१ मा तेस्रो, ७३ मा चौथो, ७४ मा पाँचौँ, ७६ रनको अवस्थामा छैटौँ र ७७ रनको अवस्थामा सातौँ विकेट गुमाइसकेको ।  

ओपनर दीपक बोहरा २२ तथा अर्का ओपनर अर्जुन कुमाल २६ रन बनाएर आउट भएसँगै नेपाली ब्याटिङ लाइनअप ध्वस्त हुन पुग्यो । उत्तम मगर आठ, विशालविक्रम केसी एक, दीपक डुम्रे शून्य, गुल्सन झा एक र दीपेश कँडेल शून्य रनमा आउट भए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ९७ रन बनाएको थियो । 

विशाल लक्ष्य खडा गर्ने क्रममा भारतका लागि सचिन दासले सर्वाधिक एक सय १६ रनको योगदान दिए । उनले एक सय एक बलमा ११ चौका र तीन छक्का प्रहार गरे ।  

कप्तान उदय सहरानले एक सय सात बलमा नौ चौकाको सहायताले एक सय रन बनाए । त्यसैगरी, आदर्श सिंहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाए । मुसहिर खानले अविजित नौ रन बनाए ।  

नेपालका लागि गुल्सन झाले तीन विकेट लिए भने आकाश चन्दले एक विकेट झारे ।

ad
ad