१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १४:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादी मकवानपुरको नेतृत्वमा दाहाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:४६:oo

एकीकृत समाजवादी मकवानपुरले विष्णु दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ। शनिबार र आइबार सम्पन्न एकीकृत समाजवादी मकवानपुरको नवाैँ जिल्ला अधिवेशनले दाहालको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको हो।

कमिटीको उपाध्यक्षमा कल्पना विक, सचिवमा ध्रुव भुजेल तथा उपसचिवमा टंक मुक्तान, कविन पन्त र बेगम बराल चयन भएका छन्। तीनवर्षे कार्यकालका लागि चयन गरिएको दाहाल नेतृत्वको कमिटीमा एक–एक उपाध्यक्ष र एक सदस्यपछि मनोनयन गरिने बताइएको छ।

यसअघि तत्कालीन जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरी एमाले प्रवेश गरेपछि तत्कालीन सचिव रहेका दाहाललाई अध्यक्षको जिम्मेवारी दिइएको थियो। आइतबारबाट सुरु भएको अधिवेशनको उद्घाटन एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए।

ad
ad