१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १४:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

नाइजेरियामा दादुराबाट १९ बालबालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:१६:oo

नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा संक्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन्।

दादुराको प्रकोपबाट हुने जटिलताका कारण १९ जनाको मृत्यु भएको आधिकारिक प्रतिवेदनले संकेत गरेको छ। आयुक्त ताङ्वामीले विकास प्रभावित समुदायहरूमा औषधि र चिकित्सकको टोली तत्काल परिचालन गरिएकोे जानकारी दिए।

उनले गम्भीर संक्रमण भएका बालबालिकालाई विशेषज्ञ अस्पतालमा पठाइने बताए। उनले बालबालिकालाई खोप लगाउन अस्वीकार गर्दा उक्त दुःखद क्षण आएको भन्दै बालबालिकालाई दादुराविरुद्धको खोप नियमित लगाउन प्रत्साहन गरेका छन्। 

दादुरा पाँच वर्षमुनिका बालबालिकामा हुने भाइरल संक्रमण हो, तर खोपद्वारा सजिलै रोकथाम गर्न सकिन्छ। खोक्दा वा हाछ्युँ गर्दा निस्कने श्वास–प्रश्वासका थोपाहरूबाट यो हावामा फैलिन्छ।

ad
ad