१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १४:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नवलपरासीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:o९:oo

पश्चिम नवलपरासीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको निधन भएको छ भने एक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सुनवल– १२ भूमही चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको युपी ५५ बिटी २५४६ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु.२६प ९२८ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो।

दुर्घटनामा परी स्कुटीकाे पछाडि सवार गुल्मी जिल्ला घर भई हाल सुनवल– १३ सुन्दरबस्ती कोठा भाडामा बस्दै आएका ३८ वर्षीया महिला कमला घर्ती मगरको निधन भएको हो।

त्यसैगरी, स्कुटरचालक सुनवल– १३ सुन्दर बस्तीनिवासी ५५ वर्षीय कर्णबहादुर गुरुङ घाइते भएका छन्। उनको सामुदायिक अस्पताल भुमहीमा उपचार भइरहेको छ।

ठक्कर दिने ट्रक र ट्रकचालक प्रहरी नियन्त्रणमा रहेका छन्। त्यसैगरी, पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका– १० भूपू चोकमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्।

भूपू चोकबाट दक्षिणतर्फ अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेको हो। बारा घर भएका स्थानीय फन्टु नामले बोलाउने मानिस मृत फेला परेको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए। उनको आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ। शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ।

ad
ad