१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत २ सोमबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत २ सोमबार १४:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा विनोद पहाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत २ सोमबार १४:५३:oo

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सकिएको छ । रुपन्देहीको बुटवलमा सम्पन्न महाधिवेशनले अध्यक्षमा विनोद पहाडी, वरिष्ठ उपाध्यक्षमा गोपाल बराइली, उपाध्यक्ष मिलन परियार, महिला उपाध्यक्षमा कमलाकुमारी विक (रसाइली), प्रदेशगत उपाध्यक्षहरूमा प्रदेश १ बाट पर्वत पोर्तेल, २ बाट भोला पासवान, बागमतीबाट बुद्धि विश्वकर्मा, गण्डकीबाट दीपक परियार, लुम्बिनीबाट विनोद परियार, कर्णालीबाट टेकेन्द्र विश्वकर्मा र सुदूरपश्चिमबाट करण ताम्राकार चयन भएका छन् । 

महासचिवमा लक्ष्मण दर्नाल, सचिवमा सन्तोष गन्धर्व, वीरू नेपाली, सिकेन्द्र पासवान, रिता बुढाथोकी र कोषाध्यक्षमा भीम घिमिरे (विश्वकर्मा) चयन भएका छन् । 

महिला सदस्यमा पूर्णिमा जनला, राधा नेपाली, अनित कुमारी, सुनित नेपाली, शान्ति गजमेर र मालती विक चयन भएका छन् । 

केन्द्रीय सदस्यमा खुलातर्फ प्रेम सुनार, अमर सुनार, राधेश्याम विक, प्रमिण गजमेर, सरिता बराइली, मानसिंक विक, पिबी दियाली, फुलु सुनार, सञ्जय सौगात, राजेश सुनाम, वसन्त विक, भीमबहादुर नेपाली गन्धर्व, राजन गाउँले, वसन्त विश्वकर्मा, किसानसंगीत नेपाली चयन भएका छन् ।

महाधिवेशनबाट तीन सदस्यीय अनुशासन आयोग पनि गठन गरिएको छ । दलित समुदायका मुद्दालाई सशक्त ढंगले अझै उठाउने, राज्यलाई थप जिम्मेवार बनाउन पहल गर्ने, दलित पत्रकारको हकहितका लागि पहल गर्नेजस्ता विभिन्न माग राख्दै बुटवल घोषणापत्रसमेत सार्वजनिक गरिएको महिला उपाध्यक्ष विकले जानकारी दिइन् ।