मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ७ बुधबार
  • Friday, 21 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण ७ बुधबार १४:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक दुर्घटनामा एक  महिला घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण ७ बुधबार १४:२७:oo

बर्दियामा  भएकाे सडक दुर्घटनामा एक महिलाको घाइते भएकी छिन् । सडक दुर्घटनामा मधुवन नगरपालिका– ५ की ४५ वर्षीया कविता परियार घाइते भएकी हुन् ।

पैदलयात्री परियारलाई बुधबार बिहान ८ बजे  ट्याक्टरले  खुट्टामा किच्दा घाइते भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले  जनाएको छ । उखु लिएर राजापुरदेखि गुलरिया आउँदै गरेको ट्याक्टरले महिलालाई किचेको स्थानीय भावेश भाटले बताए । उनले भने, ‘दुर्घटना भएको  ट्याक्टर  नहरमा खसेको छ भने  घाइते परियारको उपचार  नेपालगन्जमा  भइरहेको प्रहरीले जनाएको छ ।’