मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ८ बिहीबार
  • Friday, 21 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ८ बिहीबार २२:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सशस्त्र प्रहरीमा वरीयता मिचेर डिआइजी बढुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ८ बिहीबार २२:१५:oo

सशस्त्र प्रहरी बलमा वरीयता मिचेर डिआइजीमा बढुवा गरिएको छ। रिक्त रहेका तीन पदमा दुईजना जुनियरलाई बढुवा गरिएको छ। 

बिहीबार बसेको गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णु भट्टको बढुवा सिफारिस गरेको हो। सिनियर रहेका कृष्णराज पाठक र मनीष थापा बढुवामा छुटेका छन्। 

बढुवा भएका कुँवर र भट्ट सशस्त्र प्रहरीको दोस्रो ब्याचका अधिकृत हुन्। स्टाफ कलेज गरेका पहिलो ब्याचका मनीष थापा बढुवामा यसपटक पनि छुटेका छन्। त्यस्तै, नेपाल प्रहरीबाट स्थानान्तरण भएका पाठक पनि छुटेका छन्। 

बढुवा भएका कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका भजितीज्वाइँ हुन्। उनकै कारण रिक्त पदमा लामो समयदेखि बढुवा हुन सकेको थिएन।