मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ९ शुक्रबार
  • Saturday, 22 February, 2025
२o८१ फाल्गुण ९ शुक्रबार २२:२८:oo
Read Time : < 1 मिनेट
समाचार

गुल्मी सेवा समाज कतारका पूर्वअध्यक्ष आचार्यको सडक दुर्घटनामा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ९ शुक्रबार २२:२८:oo

गुल्मीको मालिका गाउँपालिका घर भई कतारमा व्यवसाय गर्दै आएका युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको कतारको हमाद हस्पिटलमा मृत्यु भएको गुल्मी सेवा समाज कतारका पूर्वअध्यक्ष कुमार अविरल पन्थीले जानकारी दिए ।

उनी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष रहेका थिए । ४० वर्षीय आचार्य गुल्मी सेवा समाज कतारका पूर्वअध्यक्षसमेत हुन् । 

पन्थीका अनुसार सन् २००७ मा कतार छिरेका आचार्यले कतारमै अहिले आफ्नै व्यवसाय गरिरहेका थिए । उनले परदेशमा उद्यम मात्रै गरेनन्, गाउँको सामाजिक विकासमा कैयन उदाहरणीय कामको नेतृत्व गरेका छन् । 

मालिका गाउँपालिका– ५ का वडाध्यक्ष रेखाकुमार जिसी आचार्यलाई ‘भगवान्’को संज्ञा दिन्छन् । उनका अनुसार आचार्यले विभिन्न किसिमका कम्तीमा चार–पाँच सय बिरामीहरूलाई अवस्थाअनुसारको सहयोग गरेका थिए । ‘दुःखद खबरले निकै स्तब्ध बनायो । आचार्य गाउँ मात्रै नभएर  विपन्नका भगवान् हुन्,’ उनले भने, ‘राम्रो मान्छे छिट्टै भगवानका प्यारा हुने रहेछन् ।’  

उनको सम्झनामा वडा र पालिकामार्फत लेकपोखरामा सालिक निर्माणको योजना बनाएको वडाध्यक्ष जिसीले बताए । आचार्यले परदेशमै समेत दर्जनौँ अलपत्र परेका बिरामीलाई सहयोग गर्दै आएका थिए।